जि. शि. अ.
दलबहादुर थापामगर
शैक्षिक व्यवस्थापनका हरेक शिराहरुमा शैक्षिक प्रविधिको प्रयोग आजको युगिन माग हो । विद्युतिय शासनको मान्यताले प्रमुख स्थान लिइरहेको अवस्थामा Educational Management Via E-governance लाई आत्मसात नगरेसम्म शैक्षिक व्यवस्थापनले आशातित गति लिन सक्दैन ।
यसै प्रसंगमा जिल्ला शिक्षा कार्यालय म्याग्दीले website निर्माण गरेको छ । जिल्लामा व्यवस्थापन गरिने तथा जिल्ला तहमा प्रवाह हुने शैक्षिक सूचना, जानकारी, तथ्याङ्क, तथा अनुरोधहरुलाई जिल्ला शिक्षा कार्यालयले आफ्नो website मार्फत प्रशारण गरेपछि शैक्षिक व्यवस्थापनका हरेक पक्षहरुमा जवाफदेहिता, पारदर्शिता, जिम्मेवारीबोधका साथै सेवा प्रवाहमा मितव्ययिता र गुणस्तरीयताको प्रत्याभुत हुने कुरामा जिल्ला शिक्षा कार्यालय विश्वस्त छ ।
सूचनालाई पूर्ण बनाउन दोहोरो संचारको आवश्यकता पर्छ । यस website मा प्रशारण गरिएका सामग्रीहरुको गहन अध्ययन विश्लेशण र महत्तम उपयोग सरोकारवालाहरुबाट हुनेछ र सो पश्चात जिल्ला शिक्षा कार्यालयमा रचनात्मक प्रतिक्रिया प्राप्त भई हामीलाई अझै परिकृत हुने मौका प्राप्त हुनेछ भन्ने अपेक्षाका साथ जिल्ला शिक्षा कार्यालय म्याग्दी सबै शैक्षिक सरोकारवालाहरुमा यस website को पूर्ण उपयोगको अनुरोध गर्दछ ।
गुणस्तरीय, प्रभावकारी र समयवोधी सेवा प्रवाहमा हामी सबै एकैसाथ हातेमालो गरौं, नववर्ष २०७१ र नयाँ शैक्षिक सत्र २०७१ को उपलक्ष्यमा सबै शैक्षिक सरोकारवालाहरुमा जि.शि.का. म्याग्दीको ऐक्यवद्धता एवं शुभकामना ।
परिपत्र तथा सूचना
- जिल्ला शिक्षा कार्यालय म्याग्दीको अनुरोध ।
- विद्यालय हाताभित्र मेलापर्व संचालन नगर्ने, नगराउने सम्बन्धी सूचना ।
- राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७४ मनाउने सम्बन्धमा ।
- प्रथम चाैमासिक निकासा माग फारम सम्बन्धमा ।
- आधारभूत तह कक्षा ६ -८ ( साविक निम्नमाध्यमिक तह) को शिक्षक पदपूर्तिका लागि विद्यालय छनोट सम्न्बन्धी सूचना
- जिल्ला शिक्षा कार्यालय म्याग्दीको स्थानीय निर्वाचन २०७४ सम्बन्नधमा सवै विद्यालयहरुका लागि अत्यन्त जरुरी सूचना ।
- विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फको प्रारम्भिक बालविकास शिक्षक, विद्यालय कर्मचारी र स्रोतव्यक्ति सट्टा शिक्षकहरुको दोस्रो चौमासिक निकासाको विवरण
- माध्यमिक तहकाे स्थायी शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाइ विद्यालय छनोटको सूचना । थप हेर्नुहोस
