जिल्लाको बारेमा
स्वागत छ जिल्ला शिक्षा कार्यालय म्याग्दीमा !!!
कालिगण्डकी र म्याग्दी खोलाको दोभान बेनी बजारमा म्याग्दी जिल्लाका जिल्लास्तरीय कार्यालयहरु अवस्थित छन् । जिल्ला शिक्षा कार्यालय म्याग्दी हाल ज्यामरुककोट गा.वि.स. अन्तर्गत बेनी बजारमा नवनिर्मीत भवनमा सञ्चालित भई सेवा प्रवाह गरिरहेको छ ।
रा.प. द्वितीय श्रेणी (प्रा.) कार्यालय प्रमुख रहेको जिल्ला शिक्षा कार्यालयमा योजना तथा कार्यक्रम, निरीक्षण तथा तालिम तथा अनौपचारीक गरी चारवटा शाखाहरु रहेका छन् । शैक्षिक प्रशासन र शैक्षिक विकासका विविध कार्यक्रम र क्रियाकलपहरु मार्फत जराधार तहमा सेवा प्रवाह जिल्ला शिक्षा कार्यालयले छर्दछ । शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा अन्य मन्त्रालय अन्तरगतका विभागस्तरीय कार्यालयद्वारा निसृत नीति, निर्देशनको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनको स्थानीय एकाईको रुपमा जिल्ला शिक्षा कार्यालयको स्थापना भएको हो । राष्ट्रिय नीति परिधि भित्ररही स्थानीय शैक्षिक नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन तथा मूल्याङ्कन गर्ने कार्य पनि जिल्ला शिक्षा कार्यालयले गर्दछ
जिल्लास्थित अन्य विषयगत कार्यालय, राजनैतिक दलहरु, शैक्षिक उन्नयनका खातिर स्थापित पेशागत संघ, संगठन तथा अन्य संस्थाहरु सँगको समन्वय, सहकार्य तथा साझेदारिमा शैक्षिक सेवा प्रवाह गर्ने शैलि अवलम्वन गरेको जिल्ला शिक्षा कार्यालय म्याग्दीले सबैको लागि गुणस्तरीय शिक्षालाई आफ्नो आदर्शतम गन्तव्य बनाएकोछ । यसका लागि सेवा प्रवाहमा चुस्तता, सिघ«ता, सेवाग्राहीमैत्रीपन, उत्तरदायित्व, कानुनको परिपालना मार्फत शैक्षिक सुशासन कायम राख्ने प्रयास जारी राखेको छ ।
परिपत्र तथा सूचना
- जिल्ला शिक्षा कार्यालय म्याग्दीको अनुरोध ।
- विद्यालय हाताभित्र मेलापर्व संचालन नगर्ने, नगराउने सम्बन्धी सूचना ।
- राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७४ मनाउने सम्बन्धमा ।
- प्रथम चाैमासिक निकासा माग फारम सम्बन्धमा ।
- आधारभूत तह कक्षा ६ -८ ( साविक निम्नमाध्यमिक तह) को शिक्षक पदपूर्तिका लागि विद्यालय छनोट सम्न्बन्धी सूचना
- जिल्ला शिक्षा कार्यालय म्याग्दीको स्थानीय निर्वाचन २०७४ सम्बन्नधमा सवै विद्यालयहरुका लागि अत्यन्त जरुरी सूचना ।
- विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फको प्रारम्भिक बालविकास शिक्षक, विद्यालय कर्मचारी र स्रोतव्यक्ति सट्टा शिक्षकहरुको दोस्रो चौमासिक निकासाको विवरण
- माध्यमिक तहकाे स्थायी शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाइ विद्यालय छनोटको सूचना । थप हेर्नुहोस
