राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७४ मनाउने सम्बन्धमा ।
प्रकाशित मिती:
" सङ्घीय नेपाल समृद्धिकाे आधार, स्तरीय शिक्षा सवैकाे अधिकार " भन्ने आदर्श वाक्यका साथ यहि भाद्र २३ गते , ३८ अाै राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७४ काे जिल्लास्तरीय मूल कार्यक्रम श्री धवलागिरी माध्यमिक विद्यालय सिंगामा संचालन हुने भएकोले उक्त विद्यालयमा पायक पर्ने विद्यालयहरु विद्यार्थीसहित उक्त कार्यक्रममा उपस्थित हुन अनुरोध छ । साथै अन्य विद्यालयहरुले आ -आफ्नै विद्यालयमा विभिन्न कार्यक्रमहरु जस्तै खेलकुद, अन्तरक्रिया, एवम् अतिरिक्त क्रियाकलाप संचालन गरी मनाउनुहुन अनुरोध छ ।
जिल्ला शिक्षा कार्यालय
म्याग्दी
